×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा र रिलायबलबीच सम्झौता, गरिमाका ग्राहकले रिलायवलले प्रदान गर्ने सम्पूर्ण सेवा प्राप्त गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा र रिलायबलबीच सम्झौता, गरिमाका ग्राहकले रिलायवलले प्रदान गर्ने सम्पूर्ण सेवा प्राप्त गर्ने

२५ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।
विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपूर्ण कार्य रहेको विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी