×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको जेठ १९ मा एजीएम, यी प्रस्तावहरु पेश गर्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एसियन लाइफको जेठ १९ मा एजीएम, यी प्रस्तावहरु पेश गर्दै

Artha Sarokar

२५ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सको दशौं वार्षिक साधारण सभा जेठ १९ गते हुने भएको छ । उक्त सभामा इन्सुरेन्सले ४% बोनस सेयर र कर तिर्न २५ लाख ४३ हजार ९७८.६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, बोनस सेयरपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४.४० रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । 
साधारण सभा होटल भिष्वा, वीरगंजमा बिहान १० बजेबाट सुरु हुनेछ । एसियनले जेठ ४ देखि १८ गतेसम्म बुक क्लोज गरिने जनाएको छ । यता, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने सभाको अर्को एजेन्डा रहेको छ । एसियनले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ ।
सभाले संस्थापक समूहबाट ४ जना, सवैसाधारणबाट २ जना र एक स्वतन्त्र संचालकको निर्वाचन पनि गर्नेछ ।  कम्पनीले हालको अधिकृत पुँजी २ अर्ब रुपैयाँलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी