×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेस्टर्नको खुद नाफा ६ करोड १९ लाख ३८ हजार, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वेस्टर्नको खुद नाफा ६ करोड १९ लाख ३८ हजार, प्रतिसेयर आम्दानी कति ?

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वेस्टर्न डेभलपमेन्ट बैंकले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको भन्दा २८.१२% ले धेरै भएको हो । गत वर्ष ४ करोड ८३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ४६.९२% र सञ्चालन नाफा २८.१२% ले बढेको छ ।

वेस्टर्नको खुद ब्याज आम्दानी ११ करोड ४७ लाख १९ हजार रुपैयाँ र सञ्चालन नाफा ९ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म २ अर्ब ९९ करोड ८९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५५ करोड ९१ लख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा अनुपात १.६७% र कस्ट अफ फन्ड ७.११% छ ।

वेस्टर्नको चुक्ता पुँजी ३६.७६% ले बढेर ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा भने ३७.०९% गिरावट आएको छ । अहिले रिजर्भ कोषमा ८ करोड १७ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी १९.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.०५ रुपैयाँ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी