×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको १० लाख ८५ हजार कित्ता सेयर आजदेखि लिलामीमा, सेयरको न्यूनतम शुल्क कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रल फाइनान्सको १० लाख ८५ हजार कित्ता सेयर आजदेखि लिलामीमा, सेयरको न्यूनतम शुल्क कति ?

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्ट्रल फाइनान्सले १० लाख ८५ हजार ९३९.०७५ कित्ता सेयर बिहीबारदेखि लिलामीमा खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ९ लाख ८१ हजार ७०८.७२५ कित्ता र सर्वसाधारण समूहको १ लाख ४ हजार २३०.३५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
यसमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दुवै समूहको सेयरमा न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहको सेयर न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट तथा यसका लादरबार काठमाडौं, चिप्लेढंगा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र भर्न पाइनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी