काठमाडौं – एभरेष्ट बैङ्क र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । मङ्गलवार आयोजित एक कार्यक्रमबीच बैङ्क र इन्स्योरेन्सबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिसँगै बैङ्कका ग्राहकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।