×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्षक नै भक्षक भए पछि… प्रहरी अफिसरले गरे नेपाल प्रहरीकै ‘लाज’ हुने काम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रक्षक नै भक्षक भए पछि… प्रहरी अफिसरले गरे नेपाल प्रहरीकै ‘लाज’ हुने काम

१० बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड प्रहार गरेका छन् ।
पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिड छर्किइएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको ढकालले बताए।
घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले जानकारी दिए। श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि एसिड छर्कनुको कारण भने खुल्न नसकेको ढकालले बताए। खनियाँ पनि त्रिचोक निवासी हुन्।
प्रहरी अफिसरको यसप्रकारको कामले सिङ्गो नेपाल प्रहरीलाई लज्जित बनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी