×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका माईक्रोक्रेडिटको ७.३२% खुद नाफामा गिरावट, यस्तो छ अरु सुचकको अवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालिका माईक्रोक्रेडिटको ७.३२% खुद नाफामा गिरावट, यस्तो छ अरु सुचकको अवस्था

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहिअवधिको तुलनामा ७.३२% ले कमी आएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २ करोड ७ लाख रुपैयाँ कमाएको थियो । बैंकले खुद व्याज आम्दानीमा केहि वृद्धि गरेको छ भने संचालन नाफामा कमि आएको छ । जसले गर्दा बैंकको मुनाफामा कमि आएको छ ।
बैंकको खुद व्याज आम्दानी ३१.३७% ले वृद्धि गरे ६ करोड ७९ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी ५ करोड १६ लाख ५३ हजार रुपैयाँ मात्र थियो । संचालन मुनाफा १७ % ले घटेर २ करोड ९१ लाखबाट घटेर २ करोड ४९ लाख ४७ हजार रुपैयाँमा सिमित रहेको छ । 
चुक्ता पूँजी  १० करोड रुपैयाँ भएको बैंकले निक्षेपमा ४५ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब ११ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको निष्कृय कर्जा १.८९ %, पुँजीकोष अनुपात १३.३२ %, प्रतिशेयर आम्दानी २५.६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४६.९४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५० दशमलव ५७ रुपैयाँ र तरलता अनुपात ११.३८% रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी