
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- ‘बिकास निर्माणमा समर्पित’ भन्ने मूल नाराका साथ स्थापना भएको टिभी टुडे टेलिभिजन आफ्नो प्रशारणको चौथो बर्षमा प्रवेश गरेको छ । बैसाख १ गतेदेखि टेलिभिजन चौथो बर्षमा प्रवेश गरेको हो । आफ्नो चौथो बर्षको प्रवेशका अवसरमा टेलिभिजनका प्रवन्ध निर्देशक जनक राज पन्तले टेलिभिजनलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबै कर्मचारी, विज्ञापनदाता, केवल अपरेटर र डिजिटल अपरेटरहरुलाई धन्यवाद दिएका छन् ।
यसै अवसरमा टेलिभिजनका समाचार प्रमुख सुधुम्न पौडेलले जनमुखी पत्रकारितामा टेलिभिजनले योगदान दिंदै आएको र जनताका पक्षमा टेलिभिजनले अझै शशक्त समाचारहरु सम्प्रेषण गर्ने बताएका छन् । यता टेलिभिजनका निर्देशक विराज पन्तले पनि टेलिभिजनले कर्मचारीप्रति देखाएको सद्भाव र कर्मचारीले टेलिभिजनमा गरेको मेहेनतले टेलिभिजन आजको अवस्थामा आइपुगेको बताएका छन् ।
चौथो बर्षको प्रवेशको अवसरमा बोल्दै टेलिभिजनका कर्मचारी, टेक्निसियन तथा कर्मचारीहरुले टेलिभिजन नयाँ प्रविधिमार्फत जनताले चाहेको समाचार तथा जानकारी सटिक ढंगले प्रस्तुत गर्न लागि परेको बताएका छन् । यस टेलिभिजन नेटवर्कले टिभी वान नामक दोश्रो टेलिभिजन च्यानल पनि प्रशारणमा ल्याएको छ ।
स्मरण रहोस्, नेपालको सबैभन्दा बढी चर्चित दैनिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’ टिभी टुडे टेलिभिजनमा प्रशारण हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्