×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारीको पेन्सन राष्ट्रिय वाणिज्य बैंकमार्फत

PRIME CA

नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारीको पेन्सन राष्ट्रिय वाणिज्य बैंकमार्फत

२२ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।
समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने विश्वास लिईएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गराउंदै जाने बताए ।
राष्ट्रिय वाणिज्य बैंकले हालसम्म नेपालको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म १२४ वटा एटिएम संचालनमा छन् । बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु (निजामति, प्रहरी, नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम र त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य समेत गर्दै आइरहेको छ । बैंकले वार्षिक करिव २२ अर्व रुपैंयाभन्दा बढी पेन्सन वितरण गर्दै आईरहेको छ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, उद्धबप्रसाद खनाल, विभागीय प्रमुखहरु र नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा. कार्तिकेय झा तथा बरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: