
काठमाडौँ- नेपाल राष्ट्र बैंकले विभिन्न स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन दिएको निर्देशनलाई पालना गर्दै सिभिल बैंक विभिन्न बिकट बस्तीहरुमा समेत सेवा पुर्याउन तल्लीन देखिएको छ । यसैबीच बैंकले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६, गौंडामा २०७४ फाल्गुन २६ गते र ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङमा २०७४ फाल्गुन २७ गते छुट्टाछुट्टै कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले उद्घाटन गरे ।
उक्त शाखाहरुको उद्घाटन समारोहहरुमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मी, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर घले, क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेस गुरुङ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउनु हुँदै स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताए ।
उक्त कार्यक्रममा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । ग्रामीण भेगका नागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसीसमेत ब्यक्त गरे । नेपाल राष्ट्र बैंकले हरेक महानगरपालिका /नगरपालिकार / गाउँपालिकामा बित्तीय पहुँच पुर्याउने नीति अनुरुप अनुरुप सिभिल बैंकले हालसम्म कुनैपनि बैंकको पहुँच नपुगेको ठाउँहरुमा शाखा बिस्तार गर्दै गरेको बताए ।
कार्यक्रममा स्थानीयले पञ्चे बाजासहित स्वागत गर्दै स्थानिय स्तरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गरेको थियो । साथै आमा समूह, युवा क्लव, बाल समूहले साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए ।
सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु.२१ करोड ६५ लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ३१% को बृद्धि हो) खुद नाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।
हेर्नुहोस् कार्यक्रमका केहि झलक फोटो फिचरमा :







Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्