×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

२० चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंक र सगरमाथा इन्स्यारेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धारा सेवा प्रणालीमार्फत निर्जीवन वीमा सेवा उपलब्ध गराउने उदेश्यले मंगलबार एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता भएको हो ।
एभेरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभरका ५७ शाखा मार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमालेख प्राप्त गर्न, वीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी