- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल एयरलाइन्सको तुलनामा बुद्ध एयरले सुर्खेतको उडानका लागि ३ हजार ४ सय ११ रुपैयाँ बढी भाडा लिने भएको छ । सुर्खेत उडानका लागि छनोटमा परेका यी दुई हवाई कम्पनीको भाडादरमा यस्तो अन्तर देखिएको हो । नेपाल एयरलाइन्सले सोहि ठाउँका लागि ८ हजार रुपैयाँ भाडा तोकेको छ ।
बुद्ध एयरले वैशाख १ गतेदेखि सुर्खेतमा नियमित उडान गर्नेछ भने नेपाल वायुसेवा कम्पनीको बाइ १२ इ सिरिजको जहाजले चैत २१ गते भित्र सुर्खेतमा उडान सुरु गर्ने जनाएको छ ।
यी दुइ विमान कम्पनीको भाडादर किन यसरी अन्तर भयो भन्नेबारे दुबै पक्ष मौन छन् । यात्रुहरुले भने सरकारी निकायले थोरै लिनु र प्राइभेट कम्पनीले सोहि यात्राका लागि धेरै रकम लिनु ठगी भएको बताएका छन् ।