×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूले दिने भयो १३.२५% बोनस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमान्डूले दिने भयो १३.२५% बोनस

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक अफ काठमान्डूले १३.२५% बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको कमाईबाट १३.२५% बोनस सेयर दिने निर्णय गरेको हो । आगामी साधारण सभाले पारित गरेपछि बोनस वितरण प्रक्रिया अघि बढ्नेछ । 
हाल बैंकको चुक्ता ६ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार २४७.५ रुपैयाँ पुग्नेछ । यसआधारमा राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई ९२ करोड ७१ रुपैयाँ भन्दा धेरै रकम अपुग हुने देखिन्छ । 
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४२ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी