×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको निक्षेपमा आकर्षक ब्याजदर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकको निक्षेपमा आकर्षक ब्याजदर

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लक्ष्मी बैंकले लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिटमा दिदै आएको ब्याजदरलाई बढाएर १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो ।
यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम ५ सय रुपैयाँदेखि जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसके पछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्थावा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्प मध्ये एक विकल्पलाई छनौट गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी