
काठमाडौँ- हाल सम्मकै सबैभन्दा बढी अबैध लागु औषध ‘अफिम’ सहित ३ नेपाली नागरिक पक्राउ परेका छन् ।मिति २०७४-१२-०५गते लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् । आज पत्रकार सम्मेलन गर्दै व्यूरोले यस्तो जानकारी दिएको हो । ब्यूरोको प्रधान कार्यालय कोटेश्वरमा आयोजित उक्त पत्रकार सम्मेलनमा अवैध लागुऔषधसहित उनीहरुलाई सार्वजनिक गरिएको हो ।

सोमबार अवैध लागु औसधसहित समातिएका जिल्ला मकवानपुर बकैया गाउंपालिका वडा नं-६ ज्यामिरे घर भएका बर्ष २९ को सोम बहादुर तितुङको साथबाट लागु औषध अफिम २ के.जि र मकवानपुरगढी गाउँपालिका वडा नं १ रानीशेरा घर भएका बर्ष ३० को बज्र बहादुर भोम्जनको साथबाटलागु औषध अफिम १ केजि मकवानपुरगढी गाउँपालिका वडा नं ३ शिखरकटेरी घर भएका बर्ष २६ को प्रेम बहादुर थिङको साथबाट लागु औषध अफिम १ केजि गरी जम्मा ४ किलो लागु औषध ‘अफिम’ सहित जिल्ला काठमाण्डौ दक्षिणकाली नपा वडा नं ५ त्रिभूवन आदर्श माबि अगाडीबाट नीजहरु पक्राउ परेका छन् । उनीहरुको साथबाट २० हजार नगद र दुइ आइएमइ कार्डसमेत बरामद भएका छन् । उनीहरुसँगै राष्ट्रिय वाणिज्य बैंकको एटिएम समेत बरामद भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्