×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेट : एपेक्स बैंक घोटाला प्रकरणमा थप ३ जना पक्राउ, जनता बैंकका कर्मचारी पनि परे फन्दामा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अपडेट : एपेक्स बैंक घोटाला प्रकरणमा थप ३ जना पक्राउ, जनता बैंकका कर्मचारी पनि परे फन्दामा !

Artha Sarokar

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एपेक्स बैंक घोटाला प्रकरणमा संग्लग्न रहेको अभियोगमा थप ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजल बज्राचार्य, प्रमोद भट्टराइ र क्रिबेन्द्र श्रेष्ठ छन् । यी मध्ये क्रिबेन्द्र श्रेष्ठ जनता बैंकका कर्मचारी हुन् । यी तीनै जना तत्कालीन अवस्थामा एपेक्समा काम गरेका थिए भने उनीहरुलाई प्रहरीले घोटाला प्रकरणमा संग्लग्न रहेको अभियोग लगाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले श्रेष्ठलाई बनेपा कार्यालयबाटै पक्रेको हो। श्रेष्ठ तत्कालिन एपेक्स विकास बैंकमा लोन सुपरभाईजर पदमा कार्यरत थिए । ब्युरोले ब्युरोले एनसीसीमा गाभिनु अघि एपेक्समा भएको १ अर्ब ५० करोडभन्दा बढीको घोटालामा नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धिताल र सिनर्जी फाइनान्सका कार्यकारी अधिकृत विनितमणी उपाध्यायसहित १३ जनालाई पक्रेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी