Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्थ सरोकार

वित्तीय साक्षरताका लागि घर दैलो अभियान संचालन गर्दै आईरहेको एनआईसी एशिया बैंक नयाँपुल शाखाले पर्वत जिल्लाको मोदी २ गिजान क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रालि तथा स्थानिय अनमोल युवा कलव संगको सहकार्यमा उक्त शिवीर सम्पन्न गरिएको हो । 
शिविरमा गिजान क्षेत्रका २५३ जना महिला, पुरुष तथा वालवालिकाको निःशुल्क परिक्षण तथा औषधि वितरण सम्पन्न गरिएको एनआईसि एसीया नयापुल शाखाका निमित्त शाखा प्रवन्धक टंकनाथ लामिछानेले वताए ।
शिविरमा डा.हेमा छन्त्याल, डा पाशाङ्ग छिरिङ्गलामा डेन्टीस महेश राज क्षेत्री तथा ल्याव टेक्नीसीयन चोकी थापा मगर अन्य प्राविधिहरुको सहभागिता रहेको थियो । 
उपचारको क्रममा धेरै महिलामा पाठेघर तथा उक्त रक्तचापको समस्या देखिएको डा छन्त्यालले बताए । ग्रामीण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्यको पहुच पु्याउनका लागि कुश्मा अस्पताले प्रविधिक सहयोग गरेको अस्पतालका मेनेजिङ्ग डाइरेक्टर तेजेन्द्र अधिकारीले बताए । 
बैंकप्रति स्थानयीवासीले आभार प्रकट गरेका थिए । अनमोल युवा कलवका अध्यक्ष अन्तीम नेपालि स्थानिय हरी प्रसाद शर्मा लगायतले अस्पतालसम्म पुग्न नसकेका नागरिकलाई घर दैलोमै सेवा दिन पहल गर्नु निकै सकरात्मक रहेको बताए । 
सोहि अवसरमा बैंकका कर्मचारीले वित्तीय जानाकारी समेत लिए । नाफा कमाउने मात्र नभएर सामाजिक उत्तरदायित्व पनि वहन गर्ने कुरामा आफूहरु सधै तत्पर रहेको बैंकका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्माले बताए । 
बैंकले मुलुकभर १८५ शाखा, १८३ एटिएम संजाल, ४ एक्सटेन्सन काउन्टर, ३ शाखा रहित बैंकिङ्ग तथा पाँच हजारभन्दा बढि रेमिटा्यन्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा गर्दै आएको शर्माले जानकारी दिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK