
अरुण फाइनान्स लिमिटेडले आफ्नो नाम परिवर्तन गरी हाथवे फाइनान्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजत पत्रप्राप्तराष्ट्रिय स्तरको फाईनान्स “अरुण फाइनान्स लिमिटेड”को मिति २०७४ साल पौष २७ गते बिहीवार बसेको २१औँ बार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय पारित गरेको थियो ।
त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको च.नं. ३२३५७ मितिः २०७४।११।३० को पत्र अनुसारको निर्णयबाट अरुण फाइनान्स लिमिटेडको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले तिर्ने व्यहोर्ने गरि साविक नाम परिवर्तन गरि हाथवे फाइनान्स कम्पनी लिमिटेड (Hathway Finance Company limited) कायम गरिएको बताइएको छ ।
कम्पनीको कारोबार चैत्र २ गते शुक्रवारदेखि सुरु हुँदैछ । हाथवे फाईनान्सको रुपमानाम परिवर्तन गर्ने स्वीकृति पाएसँगै पूँजि संरचनामा समेत परिवर्तन गर्नेे स्वीकृति पाएको छ । जस अनुसार अब कम्पनीको जारी पूँजी रु. ८४ करोड कायम भएको छ । हाल ३ वटा शाखा सञ्जाल रहेको यस फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा रु. ८७ लाखभन्दा बढी नाफा गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्