- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६०% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता (६०%) हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ । हाल आरएसडीसीको चुक्ता पुँजी पुँजी ३४ करोड ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।