
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत १ गतेदेखि गण्डकी विकास बैंकले ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको १ लाख ३० हजार ७१६.९० कित्ता र सर्वसाधारण समूहको २ लाख २२ हजार १८४.६० कित्ता गरी कूल ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने चैत ८ गते तोकिएको छ । हाल यो बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखरा तथा खिचापोखरी काठमाडौं, विराटनगर, विरगञ्ज र बुटवल चौराहा शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्