
युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका लागि भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिए पनि ८ जनाको पहिल्यै ज्यान गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ। प्राप्त जानकारी अनुसार बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो।
दुर्घटनाबारे आएको प्रारम्भिक जानकारी अनुसार विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज ल्याएका थिए । यहि कारण विमान दुर्घटना भएको थियो । दुर्घटनामा परी बिनोद राज पौडेल, बसन्त बोहोरा, सोनाम शाक्य र आसिश रंजित दुर्घटनामा परेका छन् । यी ४ को नाम बाहिर आएको छ । अन्य ३० जना नेपालीहरु पनि उक्त विमानमा थिए । आधा दर्जन बढी नेपालीको मृत्यु भएको खबर छ। जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगिएको पर्यटन सचिव कृष्ण देवकोटाले जानकारी दिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको थाहा भएको छ। ७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्