×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढुंगानाको दबाबका बाबजुत बिकास बैंकर्स संघको निर्णय, ‘एनआइसी एसियालाई असहयोग गर्दैनौं’

PRIME CA

ढुंगानाको दबाबका बाबजुत बिकास बैंकर्स संघको निर्णय, ‘एनआइसी एसियालाई असहयोग गर्दैनौं’

अर्थ सरोकार

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बैंकर्स एसोसीएसनले एनआइसी एसियाविरुद्ध ‘नाकाबन्दी’ लगाउने निर्णय गरेपछि डेभलोपमेन्ट बैंकर्स एसोसीएसनलाई पनि सोहि निर्णय गराउन सुरु भएको ज्ञानेन्द्र ढुंगानाको लविङ फेल खाएको छ । आइतबार बसेको संघको बैठकले एनआइसी एसिया अप्ठेरो अवस्थामा परेकाले यस्तो बेला कुनै पनि असहयोग नगर्ने निर्णय गरेसँगै ढुंगानाको लविङ फेल खाएको हो । पछिल्लो समय गरेको ब्याजदर वृद्धि निर्णयबाट पछी हट्न एनआइसी एसिया बैंकलाई आग्रह गर्ने तर कुनैपनि खाले असहयोग नगर्ने निर्णय संघले गरेको छ ।
‘अप्ठेरोमा परेका बेला असहयोग गर्नु हुँदैन । तर एनआइसी एसिया बैंकले पनि एक्लै हिंड्छु भन्नु हुँदैन । हामी एनआइसी एसिया बैंकलाई कुनै पनि खाले असहयोग त गर्दैनौं, तर उक्त निर्णय फिर्ता लिन आग्रह गर्छौं। ‘ विकास बैंक संघका अध्यक्ष भरतराज ढकालले भने । बैंकर्स संघले बचतमा ८ र मुद्दति निक्षेपमा ११ % भन्दा ब्याज नबढाउने निर्णय गरेपनि एनआइसी एसिया बैंकले ब्याज बढाएर बचतमा १० र मुद्दति निक्षेपमा १२% ब्याज दिने भनेपछि संघले एनआइसी एसिया बैंकविरुद्ध नाकाबन्दी नै गरेको थियो । 
यहि ‘मौका’ लाई टेकेर हाल नेपाल बैंकर्स एसोसीएसनका अध्यक्ष रहेका ज्ञानेन्द्र प्रसाद ढुंगाना आफ्नो स्वार्थ पूरा गर्न, एनआइसी एसिया बैंकका केहिलाई सिध्याउन र संघकै नाम भजाएर आफ्नो बैंकको व्यापार घट्न नदिन लागि परेको आरोप लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: