Skip to content
LAXMI SUNRISE BANK

१७.६९% बोनस समायोजनपछि ओमको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ओम डेभलपमेन्ट बैंकको १७.६९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि आज ओमको सेयर कारोबार १९७ रुपैयाँलाई आधार मानेर खुल्ला भएको छ । यसको औसत आधार मूल्य भने २७२ रुपैयाँ रहेको छ । बैंकले १७.६९% बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले कर तिर्न नगद लाभांश भने नदिने भएको छ । सभा प्रयोजनका लागि ओमले सोमबार (फागुन १४ गते) देखि बुक क्लोज गरेको हो । आइतबार (फागुन १३ गते) सम्म मात्र कायम सेयरधनीले बैंकले वितरण गर्ने बोनस पाउन सक्नेछन् । 
ओमले हाल कायम चुक्ता पुँजी २ अर्ब १३ करोड ७१ लाख २८ हजार ३०० रुपैयाँको १७.६९% बोनस वितरण गर्न लागेको हो । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५१ लाख ८६ हजार २९६ रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK