
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात फाल्गुन ८ गते नेपाल बन्द गरेको छ । आफ्ना केन्द्रीय नेताहरुसहित सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका नेकपाका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका सयाैं बढी नेताकार्यकर्ताहरुलाई प्रहरीले बिना कारण सोधपुछ भन्दै गिरफ्तार गरेको थियो ।
कस्तो छ प्रभाव ?
अगाडीका बन्द भन्दा यो पटकको नेपाल बन्दले जनजीवन प्रभावित पारेको देखिएको छ । देशभरका सबैजसो स्कुल, कलेज बन्द छन् भने लामो दुरीका गाडीहरु चलेका छैनन् । एकाविहानै हेर्ने हो भने काठमाडौँका बाटोहरुमा खास गाडी कुदेका छैनन् । पोखरा, दाङ, इटहरी, बिराटनगर लगायतका ठाउँमा बन्दको आंशिक प्रभाव देखिएको छ । हिजो रातीमात्र माओवादी केन्द्र र एमालेले एकताको घोषणा गरेकाले आज विभिन्न ठाउँमा जुलुस निस्किंदैछ । यसैपनि विभिन्न ठाउँमा यातायात प्रभावित नै हुनेछ । त्यसमाथि नेकपाको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
हामी दिउँसोभर बन्दको अपडेटमै रहनेछौं । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्