Skip to content
LAXMI SUNRISE BANK

चेक बाउन्स प्रक्ररणमा मुछिएका व्यापारी तेज करण जेल चलान, यस्तो थियो ठगी धन्दा, यसरी परे फन्दामा !

अर्थ सरोकार

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौं– तेज एण्ड करण इन्टरप्राइजेजका संचालक तेज कारण जैन जेल चलान भएका भएका छन् ।महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीका अनुसार उनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । अनुसन्धानमा दोषी ठहरिएपछी उनलाई जेल चलान गरिएको हो । 
उनका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएपछी उनी विरुद्ध उजुरी परेको थियो । सोहि क्रममा अनुसन्धानका क्रममा दोषी ठहरिएपछी उनी जेल चलान भएका हुन् ।
अझ खास कुरा के छ भने उनी पक्राउ परेसँगै त्यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको थियो ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK