
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौं– तेज एण्ड करण इन्टरप्राइजेजका संचालक तेज कारण जैन जेल चलान भएका भएका छन् ।महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीका अनुसार उनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । अनुसन्धानमा दोषी ठहरिएपछी उनलाई जेल चलान गरिएको हो ।
उनका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएपछी उनी विरुद्ध उजुरी परेको थियो । सोहि क्रममा अनुसन्धानका क्रममा दोषी ठहरिएपछी उनी जेल चलान भएका हुन् ।
अझ खास कुरा के छ भने उनी पक्राउ परेसँगै त्यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्