×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यमोन आइ ब्राण्डका नयाँ मोबाइल बजारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्यमोन आइ ब्राण्डका नयाँ मोबाइल बजारमा

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ट्रान्ससन् होल्डिङ विश्वकै अग्रणी स्थानमा रहेको मोबाइल फोन एवं अन्य सञ्चार सम्बन्धी उपकरणको निर्माता हो । यसै अनुरुप यसले यस हिमालयन मोबाइल बजारमा पनि उल्लेखनीय रुपमा आफ्नो उपभोक्ता संख्या बढाइरहेको छ । 
२०१७ को सेप्टेम्बरमा कम्पनीले विधिवत रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो र विगत ३ महिनाको दौरानमा आइटेल ब्राण्डले १६ प्रतिशत बजार अंश ओगटी आफूलाई पहिलो स्थानमा राख्न सफल भएको छ । यस कुरालाई नेपालको आयात सम्बन्धी तथ्यांकले पनि पुष्टी गर्दछ । 
ट्रान्स्सन नेपालले हालसालै क्यमोन आइ ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । 
ट्रान्ससन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यमोन आइ  ले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।
फोटो खिच्नको लागि अत्यन्तै उपयुक्त क्यमोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एल.इ.डी. लेन्स् फ्ल्यास एवं पाँच पी लेन्स् लगायत अन्य विशेषताहरु रहेको छ ।
यस्तै क्यमोन आइ का फोनमा भएको फूल भ्यू डिस्प्ले सुबिधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने बताइन्छ । 
इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ठ टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुन्छ । 
३ जीबी आर ए एम, ३२ जीवी आर ओ एम एवं १३ जी.एच.जेड. क्वाड कोर प्रोसेसर भएको क्यमोन आइ पहेंलो, कालो र नीलो रंगमा उपलब्ध छ । यो मोबाइल सेटको बजार मूल्य रु. १८,५०० तोकिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी