
रौतहट – जिल्लाको राजपुर नगरपालिका-९ निवासी ३५ वर्षिय शेष शमिउल्लाहलाई गोली हानिएको छ । अज्ञात समूहको गोली प्रहारबाट घाईते भएका उनको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
बैरिया र भगवानपुरको बीचमा पर्ने लालबकैया नदीको बगरमा उनलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गत माघ ९ गते सोही स्थानका ८ बर्षिय वालक मफजुल देवानको धारिलो हतियारबाट हत्या गरिएको थियो ।
एक साताभित्रै दुई घटनाले त्यस क्षेत्रको स्थानीय आतंकित बनेको प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।
बालक हत्यामा निर्दोषलाई पक्राउ गरेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय रौतहटमा विरोध प्रर्दशन समेत भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्