×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोली ओली बैंकक जाँदै, यस्तो छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भोली ओली बैंकक जाँदै, यस्तो छ कारण

Artha Sarokar

२५ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार दिउँसो एक बजे बैंककप्रस्थान गर्ने भएका छन् । उनी मृगौला प्रत्यारोपणपछि नियमित बैंकक गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् । अहिले पनि उनी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्न लागेका हुन् ।
तर, यो पटकको बैंकक भ्रमणमा ओलीले एकै पटक तीन काम गर्ने भएका छन् । नियमित स्वास्थ्य परीक्षणसँगै उत्तर र दक्षिणसँग भेटवार्ता पनि हुने बताइएको छ ।
हुन त नेपाली नेताहरु उत्तर वा दक्षिणी छिमेकीसँग गम्भीर वार्ता गर्नु पर्दा बैंककलाई जाँदै आएका छन् । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रले पनि त्यो सिकेका छन् । उनले पनि बैंककलाई वार्ता स्थल बनाएका छन् ।
यो पटक ओलीले पनि स्वास्थ्य परीक्षणसँगै दक्षिण र उत्तरका उच्च अधिकारीसँग नयाँ सरकार र पार्टी एकताबारे भेटवार्ता गर्ने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी