
काठमाडौं – टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्षको उपलक्ष्यमा जनवरी फेस्ट कार्यक्रम संचालन गर्ने भएको छ। उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित शोरुममा पुुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
जनवरी फेस्टमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका उत्पादनहरु जेस्ट, टियागो, टिगोर, हेक्जा, स्ट्रोमलगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न र जुनसुकै ब्रान्डका गाडी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस अवसरमा इन्स्यारेन्सको सुविधा, अन द स्पट फाइनान्ससुविधा, म्याजिक शो, मनोरञ्जनात्मक कार्यक्रम र खानाको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिभर बुकिङ गर्ने ग्राहकलाई उपहारको पनि व्यवस्था गरिएको छ । जनवरी फेस्ट विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्