×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाले केहि गर्न बामपन्थी सरकारलाई सोध्नुपर्ने – माधवकुमार नेपाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देउवाले केहि गर्न बामपन्थी सरकारलाई सोध्नुपर्ने – माधवकुमार नेपाल

Artha Sarokar

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवा कामचलाउ भूमिकामा सीमित रहेको र नेतृत्वको जथाभावी निर्णय गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनका भनाइले देउवा सरकारले गरेका निर्णय अमान्य हुने भन्दै नयाँ बन्ने बामपन्थी गठबन्धनको सरकारले ती निर्णय उल्ट्याउने संकेत गरे । चुनावमा बाम गठबन्धनले बहुमत ल्याइसकेको अवस्थामा देउवाले कुनै अत्यावश्यक निर्णय लिनैपर्ने भए आफूहरुसँग सल्लाह गर्नुपर्ने तर्क उनको थियो ।
‘काम चलाउ सरकारले नियुक्ति र सरुवा गर्न मिल्दैन’, प्रैस चौतारी र प्रैस सेन्टरले वीरगञ्जमा शुक्रबार गरेको पत्रकार भेटघाटमा उनले भने, ‘कुनै अप्ठेरो परेको अवस्थामा बहुमत सहित सरकार बनाउने तयारीमा रहेको पक्षसँग सल्लाह दिनुपर्छ ।’
नेता नेपालले निर्वाचनबाट जनताले बाम गठबन्धनलाई बहुमतको सरकार चलाउने अभिमत दिएकाले छिट्टै सरकार बनाउने तयारीमा जुट्ने बताए । नेता नेपालले सरकार र पार्टी नेतृत्वबारे एमाले र माओवादी केन्द्रबीच कुनै विवाद नरहेको स्पष्ट गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी