
सुर्खेत – सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरी मावि तरङ्गा मतदान केन्द्रका प्रमुख, ५ जनाको टोली र १६ प्रहरी स्थानीयवासीले आफ्नो कब्जामा लिएका छन् ।
गए राति ११ बजेतिर स्थानीयले मतपेटिका कब्जा गर्ने क्रममा अधिकृतलगाएतको टोलीलाई पनि कब्जामा लिएका हुन् ।
मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएका त्यहाँबाट इमान्दार मिडिया सहकर्मी स्थानीय बिकास बिकले बताएका छन् ।
मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई स्थानीयवासीले छोडिदिएका बीकले इमान्दार मिडियालार्इ जानकारी दिएका छन् ।
त्यसपछि अधिकृतसहितको टोली राति नै भेरी मावि तरङ्गा मतदान केन्द्र छोडेर भागेको बताईएको छ । ३ मतपेटिका जलेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरीको टोली थपेको छ । घटना बारे बिस्तृत विवरण आउँन अझै बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्