- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कुनैबेला ओप्पोले सेल्फी एक्स्पर्ट भन्दै जनतालाई ठग्यो । बेला बेलामा ह्यांग हुने, भनेजस्तो फोटो पनि नाखिचने, बढी तात्ने लगायतका समस्या बएको ओप्पोले आक्रामक विज्ञापन गरेर नै जनतालाई भ्रम छर्यो । अहिले भारतमा फ्लप भएको भिभो ब्राण्डको मोबाइल पनि नेपाल भित्रिएको छ । आउँदो विश्वकपको प्रायोजन समेत रहेको भिभो ब्राण्डको महँगो तर खास फिचरहरु नभएको मोबाइल फोन नेपाली बजारमा आएको हो ।
भिभोले पनि सेल्फिलाई नै प्राथमिकतामा राखेको छ । जवकी भारतमा यो नरुचाइएको फोन हो । मोबाइल भिसेभेन नेपाली बजारमा आएको छ । जवकी भारत लगायतका देशमा भी सेभेन प्लस आइसकेको छ । भारतमा भी सेभेन प्लस आएपछि नबिकेका मोबाइलहरु नेपालमा धमाधम ल्याउने तयारी भइरहेको स्रोतकोद आवी छ ।
यो मोबाइल भिभोको भि श्रेणीको नयाँ उत्पादन भएको कम्पनीको दाबी भएपनि यो मोबाइल किन्नु ओप्पोजस्तै पैसाको सत्यानास मात्र भएको भिभोका बारेमा जानकारहरु नै बताउँछन् । कम्पनीका अनुसार मोबाइलमा २४ मेगापिक्सेल क्यामरा छ । तर यो मोबाइलले २४ मेगापिक्सेल भएको भनिए अनुसारको फोटो खिच्दैन भन्दै कतिपय फोरमहरुमा भारतीय प्रयोगकर्ताले समेत आक्रोश पोखेका छन् । मोबाइलमा फेस ब्यूटि ७.० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउने कम्पनीको दाबी भएपनि सो गलत भएको कुरा विभिन्न फोरमहरुमा भारतीय प्रयोगकर्ताले राखेका छन् ।
(यो मोबाइलका बेफाइदा, समस्या लगायतका तथ्य सहितको खास रिपोर्ट आगामी अंकमा प्रस्तुत गर्नेछौं ।)