×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : मेगा बैंकको विशेष साधारण सभा अनिश्चितकालका लागि स्थगित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Breaking : मेगा बैंकको विशेष साधारण सभा अनिश्चितकालका लागि स्थगित !

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सर्वाधिक विवादमा मुछिएको मेगा र टुरिजम मर्जरमा जान विशेष साधारण सभा बस्ने मिति तय भएको भएपनि कोरम नै नपुगेपछि अन्तत: आज विशेष साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । अध्यक्षले विशेष साधारणसभा स्थगित भएको घोषणा गरेका हुन् । अदालतमा मेगा विरुद्ध मुद्धा परेपछि अदालतमा समेत यो प्रकरण विचाराधीन भएको भन्दै साधारण सभा आजका लागि स्थगित भएको हो । कोरम पुर्याउन अधिक प्रयास गर्दा पनि कोरम पुग्न सकेको थिएन । यता साधारणसभामा संचालकहरु बीच नै भनाभन भएपछि परिस्थितिले फरक मोड लिन खोजेको थियो ।
अव के हुन्छ ? 
आजको विशेष साधारण सभा स्थगित भएपछी मेगा र टुरिजम मर्जरमा अर्को साधारणसभामा जाने देखिएको छ । अर्को साधारणसभा सम्ममा धेरै कुराहरु मिलाएर बैंक नयाँ तयारीका साथ आउने देखिएको छ । यो प्रकरणसँगै पछिल्लो समय विवादित बनेका अनिल शाह पूर्ण रुपमा असफल सीइओ भएको  टिप्पणी समेत साधारणसभामा भएको छ । यता मेगालाई अव राष्ट्र बैंकले समेत कारवाही गर्ने छनक पनि देखिएको छ । मेगालाई घाटा हुने, मेगा बैंकका संचालकहरु अयोग्य भएको लगायतका आरोप सहित अदालतमा बैंक विरुद्ध मुद्धा परेको छ ।

सभामा लाफडा नै लफडा ! 
कार्यक्रम स्थगित भएपनि कार्यक्रममा लफडानै लफडा निम्तिएको छ । बैंकका अध्यक्षलाई लगानीकर्ताहरुले घेरेर राजीनामाको माग गरेका छन् । मेगाले जनतालाई धोका दिएको भन्दै यसबारे स्पष्टीकरण दिनुपर्ने लगायतका माग राख्दै उनलाई लगानीकर्ताले घेरेका हुन् । यद्यपी अहिले सम्म लगानीकर्ता संयमित बनेर बसेका हुनाले भौतिक आक्रमण कसैमाथि पनि भएको छैन ।  यद्यपी टुरिजम डेभलोपमेन्ट बैंकका लगानीकर्ताले भने सभामा मर्जरको विपक्षमा रहेका संचालकको चर्को विरोध गरेका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी