
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- देश निर्वाचनमय भएको छ । आफुले रोजेको र चाहेको व्यक्तिलाई भोट दिन पाउने नागरिकको अधिकार पनि हो । तर फलानोलाई भोट नदिए जागिर नै नरहने भएपछि के गर्ने ? आफ्नै बैंकका अध्यक्ष कांग्रेसबाट उठेका छन्, अरुलाई भोट दिए जागिर नै नरहने सम्मको कुरा छ ! यस्तै तनावमा छन् सिन्धु बिकास बैंक सिन्धुपाल्चोकका कर्मचारीहरु ।
कांग्रेसलाई भोट नहाले जागिर चट !
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय रहने गरी आठ बर्ष अघि स्थापना भएको सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको पछिल्लो गतिविधि र दवावका कारण एमाले र माओवादी समर्थित सिन्धु बिकास बैंकका कर्मचारीहरु मर्कामा परेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा २ का उम्मेद्वार बनेका उनले बाह्रविसे, मुडे, जलविरे, मेलम्ची, सिपाघाट, चौतारा, बनेपा र चरिकोटसहित १२ शाखा रहेको बैंकमा झण्डै ३ सय बढी कर्मचारीहरुलाई आफुलाई मत दिए मात्र जागिर रहने भन्दै बाङ्गो पाराले दवाव दिएका छन् ।प्राय जिल्लाभित्रकै कर्मचारीहरु भएकाले पनि काँग्रेसलाई भोट नदिए जागिरबाटै निकालिदिने धम्की समेत उनले कर्मचारीहरुलाई दिएको सिन्धु बिकास बैंकका एक कर्मचारीले नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमसँग भने ।
ब्रान्च मेनेजरनै चुनावी अभियानमा
यता बैंकका अध्यक्ष नै उम्मेदवार भएपछि मुडे साखा प्रमुख श्रेष्ठ खुलेरै चुनावी अभियानमा हिंडेका छन् । बैंकका कर्मचारीहरुलाई प्रेसर दिएर सबै कर्मचारीहरुलाई रुखमा भोट हालेको फोटो खिचेर ल्याउनसमेत बाह्रविसे शाखा प्रमुख र मुडे शाखा प्रमुखमार्फत कर्मचारीलाई दबाब गएको मुडे साखाका एक कर्मचारीको भनाइ छ ।
‘म एमाले समर्थक हुँ । तर बैंकको जागिर नै जाने भएपछि मैले खुलेर म एमाले हुँ भन्न समेत सकेको छैन ।’ एक कर्मचारीले अर्थ सरोकार डटकमसँग गुनासो पोखे, ‘एमाले भएकै कारण जागिर बाट निस्कनु पर्ने हुन सक्ने भयो । कानुन: त मैले पाएको अधिकारको समेत खिल्ली उड्ने भयो ।’ ती कर्मचारीले गुनासो पोखे । यता अन्य साखाका प्रमुखहरुले पनि कर्मचारीहरुलाई अध्यक्षलाई नै भोट हाल्न कर्मचारीहरुलाई लवीङ गर्न निर्देशन पाएका छन् ।
भोट तान्न खोलियो भ्याकेन्सी !
यता बेला न कुबेला कर्मचारी नै नचाहिएको बेला पनि बैंकले कर्मचारी मागेको छ । कर्मचारीको माग गर्ने र चुनाव पछी मात्र कर्मचारी राख्ने भन्दै भोटको राजनीति भइरहेको कर्मचारीहरुको दावी छ ।’ बैंकलाई मान्छे नै चाहिएको छैन । तर कर्मचारी राख्ने निहुँमा भोट तान्न र अध्यक्षलाई भोट नहाले तपाईंको ठाउँमा अरु नै कोहि आउँछ, बैंकले त्यहि भएर कर्मचारी माग गरेको हो भनेर कर्मचारी तर्साउन बैंकले यस्तो रणनीति लिएको बैंकका कर्मचारीहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्