Skip to content
LAXMI SUNRISE BANK

बैंकर्स संघको अध्यक्ष पद गुम्ने भएपछी अनिल शाहको छटपटी, ‘नो-अब्जेक्सन’ का लागि चौतर्फी लविङ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय सर्वाधिक विवादमा आएका बैंकर अनिल शाहले मेगा बैंक छाडेसँगै बैंकर्स संघको समेत अध्यक्ष पद छोड्नु पर्ने भएपछि उनी पुन उक्त पदमा बस्न लविङ गरिरहेका छन् । एसोसिएसनको विधानअनुसार कार्यसमितिमा व्यक्ति नभइ बैंकको प्रतिनिधित्व हुने गर्दछ । यस कारण अनिल शाह भन्दापनि मेगा बैंकको सीइओ बैंकर्स संघका अध्यक्ष थिए । सोहि कारण तत्कालीन बैंक छाडेको व्यक्ति एसोशिएसनमा बहाल रहँदैन । यस कारण अनिल शाहको पद गुम्नेछ ।
तर कसैको ‘अब्जेक्सन’ नभएको खण्डमा अध्यक्षलेनै उक्त कार्यकाल दोहोर्याउन सक्ने व्यवस्था पनि छ । तर मेगा बैंकसँगजस्तो सकारात्मक सेन्चुरी बैंकसँग संघका केहि पाधिकारी सकारात्मक नभएकाले अनिल शाहको पद गुम्ने सम्भावना अधिक रहेको बैंकर्स संघकै एक पदाधिकारीको भनाइ छ । हाल औपचारिक रुपमा मेगा बैंक नछाडेकाले अनिल शाह नै संघको अध्यक्ष पदमा बसीरहेका छन् ।
यसो त कार्यसमितिले निर्णय गरी सम्पूर्ण सदस्यहरू सहमत भएको खण्डमा अध्यक्ष परिवर्तन नहुन पनि सक्छ । तर तत्काल यस्तो अवस्था नरहेको विश्लेषण गरिएको छ । सहमति हुन नसकेको खण्डमा अध्यक्षको लागि साधारणसभानै बोलाउनु पर्छ । तर सोहि पद जोगाउन हाल अनिल शाह लागि परेका छन् । मेगा छोड्ने बित्तिकै अनिल शाह उक्त पदबाट हटेको खण्डमा अनिल शाह पावरफूल थिए कि मेगा बैंक भन्ने प्रश्न उठ्ने डरले उनी यतिबेला उक्त पद जोगाइदिन संघका पदाधिकारीहरुसँग चर्को लविङमा रहेको उनी निकटहरुको भनाइ छ ।
 तर यो काममा मेगा बैंकले नै अनिल शाहलाई साथ नदिने पक्का छ । बैंकको प्रतिनिधिको हैसियतले अनिल शाह संघको अध्यक्ष भएका कारण मेगाले नै आफ्नो दावी प्रस्तुत गर्न लागेको बुझिएको छ । तर जाँदा जाँदै अनिल शाहले बैंकका प्रतिनिधिहरुलाई पनि यस विषयमा अनुरोध गर्ने र मानेको खण्डमा सकेसम्म पदमै बस्ने मनस्थितिमा शाह रहेको बुझिएको छ ।
नेपाल बैंकर्स एसोसिएसन बैंकहरूको छाता संगठन हो । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK