
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पत्रकारमाथि दुर्व्यवहार गर्ने आइएमएस कलेजले अन्तत: विद्यार्थीलाई ट्रान्सफर सर्टिफिकेट दिएको छ । कलेजको पढाइ निकै तल्लो स्तरको भएको भन्दै कलेजमा विद्यार्थीले ट्रान्सफर सर्टिफिकेट माग्दा नदिएपछी विद्यार्थीले मिडिया गुहारेका थिए । कलेजको पढाइ निकै कमजोर भएको भन्दै अर्को कलेजमा पढ्न ट्रान्सफर सर्टिफिकेट माग्दा नदिएपछि मिडिया गुहारेका विद्यार्थीको समस्या बुझ्न कलेज गएका पत्रकारमाथि हातपात र दुर्व्यवहार गरेपछि घटनाले नयाँ रुप लिएको थियो । सत्ताको पावर देखाउँदै कलेजकि प्रिन्सिपलले प्रशासन गुहारेपछी दुइ पत्रकारलाई प्रहरी कार्यालय पुर्याईएको थियो । पछी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघको टोली प्रहरी कार्यालय पुगेपछि पत्रकारहरु छुटेका थिए ।
तर शुक्रबार कलेजका एक विद्यार्थीले अर्थ सरोकारलाई फोन गरे । ‘हामीले मिडिया बोलाएका होइनौं भन्ने बोलेर रेकर्ड गर अनि कागज पनि गर । अनि मात्रै ट्रान्सफर दिन्छौं भन्छ कलेज । तपाईंलाई केहि अफ्ट्यारो पर्ने हो कि ? के गर्ने होला ?’ भन्दै विद्यार्थीले अर्थ सरोकारका सम्पादकलाई फोन गरेका थिए । जवाफमा सम्पादकले तपाईंहरुलाइ कसरी राम्रो हुन्छ, त्यहि गर्नु भनेपछि विद्यार्थीहरुले आफुहरु ट्रान्सफर सर्टिफिकेटका लागि अहिले त्यसो भनी रेकर्ड गरेर दिने तर ट्रान्सफर सर्टिफिकेट पाएपछि आवश्यक परेको खण्डमा तपाईंलाई खबर गर्छु भनेपछि सम्पादकले हुन्छ भन्दै फोन राखेका थिए । (उनीसँग गरिएको सबै कुराकानीको रेकर्ड अर्थ सरोकार डटकमसँग सुरक्षित छ ।
केहि समयपछी आफुले ट्रान्सफर सर्टिफिकेट पाएको भन्दै ती विद्यार्थीले अर्थ सरोकार डटकमका सम्पादकलाई सम्पर्क गरी धन्यवाद दिएका छन् । ‘ पत्रकारलाई हामीले बोलाएको होइन भनेर कागज गर्न लगायो । रेकर्ड गर्न लगायो । केहि पर्यो भने बोलाउँछौं पनि भन्यो । हामीलाई चाहिएको सर्टिफिकेट हो । अव हामीलाईमतलव छैन ।’ ती विद्यार्थीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्