×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीकि छोरीले हङ्गामा मच्चाएपछी दरबारमार्गमा छापा मारिएको रहस्य खुल्यो !

LAXMI SUNRISE BANK

मन्त्रीकि छोरीले हङ्गामा मच्चाएपछी दरबारमार्गमा छापा मारिएको रहस्य खुल्यो !

२२ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा केही रोचक तथ्य फेलापरेका छन् । 
उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलकी छोरीबाट सुरु भएको रहेछ । उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी रहिछिन् । उनले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन् । आखिर मन्त्रीकी छोरी न परिन् ।
सस्तो जुत्तामा कहाँ आँखा जान्थ्यो र ? उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो । उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे । ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन । सोही कारण दरबारमार्गमा साह्रै महंगो ठानेर उनले आफैँ आएर छापा हानेको रहस्य खुलेको छ ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकले लेखेको छ । 
गल्ती पत्ता लगाएर कारबाही गर्ने भन्दा पनि दुःख दिने नियतले मन्त्री मण्डलले छापा हानेको भन्दै व्यवसायीहरुले त्यसको विरोध गरिरहेका छन् । अनुसन्धानमा आबद्ध एक अधिकारीका अनुसार छोरीले महंगो जुत्ता किन्न लागेपछि त्यसैको रिसमा मन्त्रीले दरबारमार्गभरिका पसलमा छापा हानेको खुलेको छ । 
अनुसन्धानमा गोलचक्कर 
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ८ वटा पसलका १० जना प्रवन्धकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा ‘वाच एण्ड सि’ का राजेश्वर श्रेष्ठ, तिरुपती लिबर्टीका नन्द बिहानी, लेवल्स स्टोर प्रालिका जितेन्द्र महर्जन र सुवास महर्जन, एडभेन्चर आउटडोर गियर कम्पनीका रोशन ओडारी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी