- मनोज आत्मीय/ अर्थ सरोकार डटकम
ललितपुर – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नवराज सिलवालले मिटर ब्याज लगाएर घर न घाट बनाएका गुण बहादुर थापाले पनि स्वतन्त्र उम्मेदवारको रूपमा ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यो उम्मेद्वारीसँगै ललितपुरको भिडन्त झन् रोचक बन्ने भएको छ । थापाले ललितपुरबासीको ‘सेन्टीमेन्टल’ भोट समेत पाउने र नवराज सिलवालको धेरै भोट काट्ने अनुमान ललितपुरबासीले गरेका छन् । थापाले मिटरब्याज लगाएर सिलवालले आफुलाई घर न घाटको बनाएको घटना बाहिर ल्याएपछि उनको एकाएक चर्चा भएको थियो । यहि प्रकरणले सिलवाललाई आइजीपी बन्न झन् समस्या भएको थियो । अहिले यी दुवै पात्र एकै ठाउँबाट भिड्न थालेपछि सिलवाल झन् समस्यामा परेका छन् ।
स्मरण रहोस् सिलवाललाई नै आजिपी बनाउनु पर्छ भन्दै लवीङ गर्ने व्यक्तिले पनि कांग्रेस पार्टीबाट यहि क्षेत्रमा उम्मेद्वारी दिएका छन् ।