
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- अनिल केशरी शाहले मेगा बैंक छाड्नुको भित्री रहस्यको खुलासा भएको छ । आउँदो मङ्सिर २५ गते सीइओको कार्यकाल सकिने भएपनि बैंकको संचालक समिति अनिल शाहलाई राख्ने कि नराख्ने भन्ने विषयमा वा अनिल शाहको कार्यकाल थप्ने भन्ने विषयमा नियोजित रुपमै मौन बस्दा अनिल शाहले बैंक छोड्नु पर्ने स्थिति आएको हो । अनिल शाहलाई बैंकमा राख्नुपर्छ भन्ने व्यक्ति संचालक समितिमा नै एक जना मात्र देखिएपछी शाहको मेगाबाट यस्तो दुर्गतीपूर्ण विदाई भएको हो ।
‘अनिल शाहलाई जे सोचिएको थियो उनी त्यो रहेनछन् ।’ मेगाका एक संचालकले अर्थ सरोकारसँग भने, ‘ महिनाको लाखौँ रुपियाँ ‘फोकट’मा गइरहेको थियो । अनिल शाहको पर्फर्मेन्स बैंकमा सुन्य प्राय थियो । त्यहि भएर उनलाई बैंकमा नराख्ने भन्ने अनौपचारिक निर्णय संचालक समितिको थियो । यहि कुरा थाहा पाएर बैंकका सीइओले मेगा छाडे ।
रविनालाई ‘एडजष्ट’ गर्न अनिल शाहले राखेको प्रस्ताव सेन्चुरीले मानेन
यता अनिल शाहले आफुसँगै मेगाकि हालकी डेपुटी सीइओ रविना देशराजलाई पनि सेन्चुरीमा ल्याउन गरेको आग्रह भने सेन्चुरीका तर्फबाट अस्वीकृति भएको खुलासा भएको छ । ‘अनिल शहज्यूले रविना देशराज लगायत केहीलाई पनि सँगै ल्याउने भन्नुभयो । हामीले त्यो चाहिं हुन्न भन्यौं । शाहले पुन: जसरी पनि रविनालाई भने एडजष्ट गर्न आग्रह गरे । उनीसँगै काम गरेकाले उनी भएको खण्डमा धेरै फाइदा र सजिलो हुने उहाँको तर्क थियो । तर हामीले त्यो प्रस्ताव मानेनौं ।’ सेंचुरीका एक संचालकले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्