×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रेडक्रस सोसाईटीको रक्तदाताहरुमा रक्तदान गर्न अपील

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल रेडक्रस सोसाईटीको रक्तदाताहरुमा रक्तदान गर्न अपील

१५ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

देशमा बाढि पहिरो भूकम्प तथा अन्य जस्तोसुकै प्राकृतिक प्रकोप आइपर्दा पनि नेपाल रेडक्रस सोसाईटीले मानवतालाई ध्यानमा राखि सधैं महत्वपूर्ण सहयोग गर्दैै आईरहेको हामी सवैलाई विदितै छ । नेपाल रेडक्रस सोसाईटीले करिव ५२ वर्ष अगाडि देखि नै देशमा रगतको अभाव भएको समयमा विभिन्न क्याम्पह्रु संचालन गरि रक्तदाता महानुभावहरुबाट रगत संकलन गर्ने र  उक्त रगतहरु आवश्यक भएका विभिन्न जिल्लाहरुमा समेत पठाउने कार्ये गर्दै आएको छ । रक्तदान नै जीवन दानको मूल मन्त्रका साथ नेपाल रेडक्रस सोसाइटीले देशमा रगतको आवश्यकता भएको समयमा रक्तदाता महानुभावहरुबाट रगत संकलन गरि रगतको अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 
नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय कार्यालय काठमाडौ, क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, नेपालगञ्ज र चितवन,२१ वटा रेडक्रस सोसाईटीका जिल्ला शाखाहरु ,२५ वटा अस्पताल र १७ वटा ईमरजेन्सी मार्फत आवश्यक रगत संकलन कार्य गर्दै आएको छ । यस बाहेक देशमा अति अभाव भएको अवस्थामा विभिन्न स्थानहरुमा विषेश क्याम्पहरु संचालन गरि रगत संकलन गर्ने र उक्त संकलित रगत आवश्यक क्षेत्रमा पठाउने कार्य गर्दै आएको छ ।
हालै दशैं, तिहार र छठ जस्ता हिन्दूहरुको महान चाड परेको कारणले नियमित रुपमा हुने रक्तदान कार्यक्रम हुन नसकेकोले देशमा रगतको अभाव देखिएको छ । त्यसैले उक्त रगतको अभावलाई हटाउन नेपाल रेडक्रस सोसाईटीले रक्तदाता महानुभावहरु र विभिन्न संघ संस्थालाई रक्तदान गरि सहयो गरिदिन हार्दिक अपील गरेको छ । त्यसैले हाल देखिएको रगतको अभावलाई हटाउन र रगतको सहज व्यवस्थापन गर्नको लागी भृकुटी मण्डपमा विशेष र्कतदान शिविर संचालन गरि रगत संकलन गर्ने काम भइरहेको नेपाल रेडक्रस रक्तसंचार केन्द्रका डेपुटी डाइरेक्टर डा. प्रकाश यादवले सवैलाई जानकारी दिनुभएको छ । उक्त विशेष शिविरमा इच्छुक सबै रक्तदाता महानुभावहरुलाई रक्त दान गर्न विहान ११ बजे देखि दिउँसो ४ बजेसम्म अनुरोध गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी