- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकाललाई कारवाही गर्ने बताएका छन् । यसअघि कम्पनीका अध्यक्ष ढकाललाई ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषित गरेको पार्टीका महासचिव विप्लवले खुल्लामंचमा उपस्थित हजारौं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भ्रष्ट र दलालहरुलाई कारवाही गरिने बताएका हुन् ।
विप्लवको प्रश्न, ‘चन्द्रागिरीको डाँडो बेचेर खान पाइन्छ ?’
उनले पार्टीले राष्ट्रिय भ्रष्टाचारी घोषणा गरेका गोपाल खड्का, अजय सुमार्गी, चन्द्र ढकाल लगायतलाई कारवाही गर्ने उद्घोष गरेका हुन् । जनताको अधिकार खोस्ने कथित निर्वाचनमा नेताहरुलाई सहयोग गर्ने तर देश बेचेर, जनताको पसीना चुसेर खाने दलालहरुलाई पार्टीले सबै जनताको सहयोगमा कारवाही गर्ने उदघोस गरेका हुन् । ‘राणाहरुले ट्रकका ट्रक सम्पति खाए । यस्तै भएको छ अहिले पनि । यिनीहरुबाटनै युद्धको खतरा छ ।’ अक्टोबर क्रान्तिको अवसरमा आयोजित कार्यक्रममा उपस्थितहरुलाई सम्बोधन गर्दै उनले प्रश्न गरे, ‘चन्द्रागिरीको डाँडा बेचेर खान पाइन्छ ?’ उनले कथित रेमिट्यान्सका नाममा नेपाली जनताहरुलाई विदेशमा बेचिएको समेत आरोप लगाएका छन् । ‘जनताले तिरेको करको दुरुपयोग गरेर एउटा ग्रुपको बनाएर खानेहरुलाई सडकमा ल्यायर तिनका सम्पति जनताको नाममा गरिन्छ ।’ विप्लवले भने ।
भ्रष्ट चन्द्र ढकालको सम्पत्ति जनताको नाममा गरिनुपर्छ : विप्लव
एनसेल कर प्रकरणमासमेत मन्त्रीहरुलेनै निरीहता प्रदर्शन गरेर कर अशुलउपर गर्न नसकेपछि आफ्नो पार्टीले एनसेलमाथि कारबाही गरेपछि मात्र अलिअलि कर तिरेको बताएका छन् । विप्लवले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, कर फर्छ्योट आयोगका प्रमुख चुडामणी शर्मा, ब्यापारी अजय सुमार्गी र चन्द्रागिरी हिल्सका मालिक चन्द्र ढकालको नामै लिएर उनीहरुको सम्पति जनताको नाममा जम्मा गर्नुपर्ने बताए । यस्तै अरबौं भ्रष्ट्राचार गरेको मान्छेलाई समेत अदालतले सजिलै उन्मुक्ति दिएको भन्दै विप्लवले सर्वोच्चलाई निकम्मा निकायको संज्ञा दिए । भ्रष्टाचारीलाई सर्वोच्च अदालतले सुनपानी छर्केर निर्दोष सावित गरेको भन्दै आपत्ति जनाए ।
हेर्नुहोस् नेकपाले आयोजना गरेको कार्यक्रमको पूर्ण अंश :