
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तिहारलाइ पवित्र चाडका रुपमा लिने गरिन्छ । अझ त्यसमापनि भैलो खेल्ने रात त लक्ष्मी पूजा पर्ने गर्छ । यो दिन धनधान्यकि देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । पवित्र भएर पूजा गरिने यो रातमा कतिपय त रातभर भजन गाउँदै जागानै बस्ने गर्छन् । यहि रात भैलो खेल्ने चलन छ । तर यो पवित्र चाडपनि विकृत हुँदै गएको छ । लक्ष्मी पूजाको रात अर्थात भैलो खेल्ने रात गर्व निरोधक चक्की र कण्डमको अचाक्ली विक्रीले तिहार कतिसम्म विकृत हुँदैछ भन्ने प्रमाणित गरेको छ ।
भैलोका नाममा रातभर मस्ती :
काठमाडौँ, नारेफांट बस्ने सुमित्रा कंडेल (नाम परिवर्तन) भैलो खेल्न भनेर घरबाट निस्किन् । तर उनी भैलो खेल्न होइन आफ्ना प्रेमीको गठ्ठाघरस्थित डेरामा आइपुगेकी थिइन् । नजिकै रहेको पसलबाट गर्व निरोधक चक्की ‘इकोन’ किनेर त्यो जोडी डेरासम्म लागेको थियो । यो कुरा घरभेटीले थाहा पाएपछि ती किशोरीलाई घर फर्किन आग्रह मात्र गरिएन, केटालाई तिहार लगत्तै डेरा सर्न समेत उर्दी जारी गरिसकेका छन् । अर्थ सरोकार डटकसँग कुराकानी गर्दै ती घरभेटी भन्छन्, ‘लक्ष्मीपूजाको दिन मैथुन हुने घरमा लक्ष्मी बस्दिनन् भनेर शाश्त्रमै लेखिएको छ । यिनीहरुको रमाइलोले सार्है खल्लो लागेको छ । यो त प्रतिनिधि जोडी मात्र हो, यसरी भैलो खेल्ने नाममा आफ्ना प्रेमी वा प्रेमिकासँग रातभर मस्ती गर्नेहरुको संख्या निकै ठूलो छ ।
गर्व निरोधक चक्की र कण्डमको विक्री अचाक्ली बढ्यो :
हिजो भैलोको रात, तिहारका माला, फूल, फलफूलहरु धेरै विक्ने बेला थियो । तर त्योसँगै कण्डम र गर्वनिरोधक चक्कीको विक्री पनि अचाक्ली बढेको थियो । गठ्ठाघरमै मेडिकल सञ्चालन गरेर बसेका एक मेडिकल सञ्चालक भन्छन्, ‘अरु दिन ३ देखि ४ वटा ‘इकोन’ विक्री हुन्थ्यो । आज १४ वटा इकोन विक्री भएको छ । कण्डम अरुबेला २देखि ५ वटासम्म विक्थ्यो भने भैलोको रात ११ वटा कण्डम विकको छ। तिहारमा यस्तो विकृति फैलिएको पहिलोपटक थाहा पाएँ।
कोहि प्रेमिको डेरामा कोहि गेष्ट हाउसमा :
लक्ष्मी पूजाको दिन अधिकांस गेष्ट हाउसले जोडी पाहुनाहरुलाई राख्ने गरेका छैनन् । तर चावहिल लगायतका एरियाका केहि गेष्ट हाउसमा भने जोडीहरुको तिहारको दिन बाक्लो उपस्थिति थियो । ‘हाम्रो कामनै पाहुना राख्ने हो । अव को आएर के गर्छ भन्ने कुरा हामीलाई मतलव हुन्न । ‘ चावहिलमा गेष्ट हाउस चलाएर बसेका एक गेष्ट हाउस सञ्चालकले अर्थ सरोकार डटकमसँग भने । यता कतिपय जोडीहरु भने प्रेमीको डेरामा मस्ती गर्ने गरेका छन् । तिहारको बेला प्राय : सबैजना व्यस्त हुने हुनाले पनि उनीहरुका लागि डेरामा रमाइलो गर्नु सुरक्षित हुने गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्