×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध ‘बिटक्वइन्’ कारोबारमा इसेवापनि संग्लग्न रहेको खुलासा, सिआइबी र राष्ट्र बैंकले सुरु गरे थप अनुसन्धान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अवैध ‘बिटक्वइन्’ कारोबारमा इसेवापनि संग्लग्न रहेको खुलासा, सिआइबी र राष्ट्र बैंकले सुरु गरे थप अनुसन्धान !

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- इसेवाले गैरकानुनी रुपमा नेपालमा अवैध ‘क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार गरिरहेको खुलासा भएको छ । गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख भएको पाइएपछि यस्तो खुलासा भएको हो । नेपाल राष्ट्र बैंकले केहि समय अगाडी सुचना नै जारी गरेर नेपालमा ‘बिट क्वाइन’ अवैध भएको घोषणा गरेको थियो । 
नेपालमा केहि समय अगाडी मात्र लाइसेन्स पाएर कानुनी रुपमा काम सुरु गरेको र लामो समय गैरकानुनी रुपमा नै नेपालमा आफ्नो व्यवसाय चलाएको ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिट क्वाइनको कारोबार हुदैं आएको छ । स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ ।बिगत लामो समयदेखि बिटक्वाइनको अवैध कारोबार गरिरहेको इसेवाले बिटक्वाइनका कारोबारीहरुलाई प्रहरीले पक्राउ गरेपछि बिट सेवाको अनलाइन अचानक ‘डाउन’ गरेको छ । आफ्नो गैरकानुनी धन्दाबारे सबैले थाहा पाउने भएपछि कम्पनीले उक्त सेवा नै बन्द गरेको हो । 
‘बिटक्वाइनको कारोबार इसेवा बाट हुने गरेको सत्य हो ।’ इसेवामा कार्यरत एक कर्मचारी भन्छन्, ”बिटक्वइन्’ अवैध हो भन्ने थाहा पाउँदा पाउँदै पनि कम्पनीले यसलाई प्रसय दिइरहेको थियो । हामी इसेवाका कर्मचारी पनि यसको अलिअलि कारोबार गर्थ्यौं ।’ यसको कारोबार कसरी हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘बैंकले बिट सेवाबाट बिटक्वाइन किन्न सबैभन्दा पहिला एकाउन्ट बनाउनुपर्छ । एकाउन्टमा ‘बाइ बिटक्वाइन’ बटन थिचेपछि कति रकमको बिटक्वाइन खरिद गर्न खोजेको हो, त्यो छान्न सकिन्छ । त्यसपछि ‘रिसिभ बिटक्वाइन टु माइ वालेट एड्रेस’मा पुगिन्छ । जहाँ बिटक्वाइनको वालेट एड्रेस हालेपछि क्यास इन पर्सन (व्यक्तिलाई रकम दिने), ई–सेवा, स्क्रिल वा बैंक डिपोजिट गर्ने हो भन्ने अप्सन देखिन्छ । तीमध्ये ई–सेवा सेलेक्ट गरी ‘बाइ बिटक्वाइन’मा क्लिक गरेपछि बिटक्वाइन खरिद गर्न सकिन्छ । बिट सेवाको फेसबुक मेसेन्जरमा अर्डर नम्बर पठाएर कारोबार सम्पन्न गर्न सकिन्छ ।’ 

सिआइबी र राष्ट्र बैंकद्वारा ई–सेवामाथि अनुसन्धान सुरु
यता इसेवाले यस्तो गैरकानुनी काम गरेको रहस्य बाहिर आएपछि नेपाल राष्ट्र बैंकले इसेवामाथि अनुसन्धान सुरु गरेको छ । यस्तै सीआइबीले समेत यससम्बन्धमा अनुसन्धान सुरु गरेको छ । सिआइबीले हालसम्म ई–सेवाले गरेको कारोबार बिटक्वाइनको विवरण दिन राष्ट्र बैंकमार्फत ई–सेवालाई चिठी काटिसकेको छ । प्रहरीले गत साता पक्राउ गरेका व्यक्तिहरुले इसेवाकै संलग्नतामा नेपालमा बिटक्वाइनको कारोबार हुने बयान दिएपछि सीआइबीले यसबारे अनुसन्धान सुरु गरेको हो । 
यता इसेवाले आफ्नो गैरकानुनी कामको पर्दाफास हुने भएपछी रातारात आफ्नो सिष्टम अपग्रेड गरेको छ । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले शुक्रबार राति १० बजेदेखि शनिबार बिहान १० बजेसम्म ई–सेवाका सम्पूर्ण कारोबार बन्द हुने सूचना उसले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । त्यही दिन नै नेपाल प्रहरीले ई–सेवाको कारोबारको तथ्यांक माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको थियो । इसेवाले उक्त तथ्यांक हटाउने बदनियतका साथ् ‘सिप्टम अपग्रेड’ गरेको स्रोतको दावी छ । 

विश्वास ढकाल सम्पर्क बाहिर, अगसर अलि भन्छन्,’हामीले बिटक्वाइनको कारोबार गरेका छैनौं’
यता बिटक्वाइनको अवैध धन्दामा इसेवा लागेको बारे बुझ्न खोज्दा संस्थाका मुख्य मालिक विश्वास ढकाल समपर्क बाहिर छन् । ‘क्यास अन् एड’ नामक एप्लीकेसन बजारमा ल्याएर जनताको करोडौं रुपैयाँ ठगेर अमेरिका भागेका ढकालपछी राजनीतिक सम्रक्षण पाउने भएपछि नेपाल फर्केका थिए । यता इसेवाका सीइओ अग्सर अलिले भने बिटक्वाइन कारोबारमा ई–सेवा संलग्न नभएको दाबी गरेका छन् । अनि रातारात किन सिष्टम अपग्रेड गरियो त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो हाम्रो नियमित प्रक्रिया थियो ।’
यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी