×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेका नयाँ जीएमलाई भेटेर लगानीकर्ता संघले भन्यो, ‘अनलाइन कारोबार प्रणाली तत्काल ल्याईयोस्’

PRIME CA

नेप्सेका नयाँ जीएमलाई भेटेर लगानीकर्ता संघले भन्यो, ‘अनलाइन कारोबार प्रणाली तत्काल ल्याईयोस्’

२७ आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई भेटेर सेयर लगानीकर्ता संघ नेपालले अनलाइन कारोबार प्रणाली छिट्टै ल्याउन ध्यानाकर्षण गरेको छ । नवनियुक्त जीएमलाइ बधाई तथा शुभकामना दिने क्रममा संघका पदाधिकारीहरुले नेप्सेले गर्न बाँकी रहेका र तत्काल गर्नुपर्ने कामहरु थुप्रै रहेकाले सोहि अनुसार काम गर्नेबारे साउदको ध्यानाकर्षण गराएका थिए । 
सोमबारको मन्त्रीपरिषद्को बैठकले साउदलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
उक्त अवसरमा लगानीकर्ता संघले विशेषगरी अनलाइन कारोबार प्रणाली छिटो ल्याउन जोड दिंदै नवनियुक्त जीएमलाइ सोहि अनुरुप काम गर्न आग्रह समेत गरेको छ ।  संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पूँजीबजारको विस्तार र विकासका लागि विगतमा नेप्सेले अघि सारेका बजार सुधारका कामहरुलाई निरन्तरता दिदै समय सापेक्ष नयाँ कार्यक्रमहरु समेत ल्याउन आग्रह गरेको बताए ।
आफुलाई बधाई दिन आएका लगानीकर्ता संघका पदाधिकारीहरुलाई सम्बोधन गर्दै  प्रमुख कार्यकारी अधिकृत साउदले अनलाइन कारोबार प्रणाली कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएको  बफुल्लेलले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: