
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विवादित छविका चन्द्र साउदनै नेप्सेको महाप्रबन्धक हुने भएपछि लगानीकर्ताहरु रिसले ‘चुर’ भएका छन् । अन्तर्वार्ता र प्रिजेन्टेसनमा समेत सबैभन्दा कमजोर रहेका र नेपाल इन्सुरेन्स कम्पनीमा इन्साइडर ट्रेडिङदेखि यौन काण्डसम्मको आरोप लागेका साउद राजनीतिक आडकै भरमा करिव २ करोड २५ लाख रुपैयाँ खर्च गरेर नेप्सेको जीएमको पदमा पुग्न लागेको उनी निकटहरु बताउँछन् ।
उनले उत्कृष्ट ५ मा पुग्न १० लाख, उत्कृष्ट ३ मा पुग्न १५ लाख र पछी नेप्सेको जीएम बन्न थप २ करोड रुपैयाँ खर्च गरेको स्रोतको दावी छ । यहि दावी सहित घुस दिने उनी र घुस लिने केहि कांग्रेसी नेता र तिनका दलालका विरुद्ध लगानीकर्ताहरुको एक समूह अख्तियार पुग्ने तयारी गरिरहेको छ । सम्भवत: उनीहरु आइतबार अख्तियार पुग्नेछन् । यसअघि पनि इन्साइडर ट्रेडिङको प्रमाण सहित लगानीकर्ता अख्तियार पुगेका थिए ।
यता आफुलाई लगानीकर्ताहरुको हक हितका लागि काम गरेको दावी गर्ने फोरमहरुले पनि अन्तिम समयमा साउदलाई समर्थन गरेपछि लगानीकर्ताको एक समूह साउदलाइ कालो मोसो दल्ने देखि प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मको विरोधका कार्यक्रमहरु गर्न तयारी गरिरहेको खबर प्राप्त भएको छ ।
‘चन्द्र साउदलाइ नेप्सेमै पुगेर कालो मोसो दल्छौँ । यस्ता भ्रष्ट मान्छेलाइ पैसाको पावरमा नियुक्त गर्ने प्रधानमन्त्रीको पुत्ला पनि जलाउँछौं ।’ उक्त विरोध कार्यक्रमको संयोजन गरिरहेका एक लगानीकर्ताले अर्थ सरोकार डटकमसँग भने ।
नेप्सेको महाप्रबन्धक साउदलाइ बनाउन नेप्सेका पूर्व कर्मचारी शम्भु पन्त, राजश्व सचिव शिशिर ढुंगाना लगायत लागेका थिए भने देवी भट्टचनको समेत समर्थन थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्