×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाकोे शाखारहित बैंकिङ सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशियाकोे शाखारहित बैंकिङ सेवा

Artha Sarokar

२५ भाद्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने र गाउँ गाउँमा वित्तीय पहुँच पुर्याएर सबलीकरण गर्न शाखा रहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।
बैंकले इलामको सन्दकपुर गाउँपालिकामा रहेको देउराली बजार, रोङ गाउँपालिकाकमा रहेको कुटी डाडाँ बजार र झापाको बुद्घशान्ति गाउँपालिकामा रहेको शान्तिनगर गडी गाउँ बजारमा गरि ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनको देउराली बजारमासोमति सुनचिउरी, शान्तिनगर बजारमा कमल भट्टराई र कुटीडाडाँ बजारमा यादव बराललाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ ।
यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । बैंकले सुरु गरेको यो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाइल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
यी ३ वटा शाखा रहित बैंकिङ सेवाहरु सहित हाल यस बैंकले १ सय २० शाखा, ४ एक्टेन्सन काउन्टर र ९० एटिएम सञ्जाल मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी