×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैं तिहारमा बजाजको ‘जनता लुट्ने’ चाल, सोझा नेपालीको पैसा गैरकानुनी रुपमा धुत्न ‘६ नि शान’ योजना सार्वजनिक !

PRIME CA

दशैं तिहारमा बजाजको ‘जनता लुट्ने’ चाल, सोझा नेपालीको पैसा गैरकानुनी रुपमा धुत्न ‘६ नि शान’ योजना सार्वजनिक !

५ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रचलित कालोबजारी ऐन विपरित एउटा मोटरसाइकल किन्दा गैरकानुनी नाफा असुल्ने गरेको बजाजले दशैं तिहारको अवसरमा जनता लुट्ने अर्को चाल सार्वजनिक गरेको छ । कालोबजारी ऐन अनुसार नेपालमा प्रति मोटरसाइकल २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने स्पष्ट उल्लेख भएको भएपनि एउटा मोटरसाइकल बेच्दा ७६ हजार रुपैयाँसम्म फाइदा खाने नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले दशैं तिहारका लागि ‘६ नि शान’ योजना प्रस्तूत गरेको हो । यो योजना अनुसार सोमबारदेखि नै ‘जनता लुट्ने’ काम सुरु भएको छ ।
कम्पनीले निकालेको बिज्ञप्तिमा भनिएको छ, ‘यो रोमाञ्चक योजनाका दुई मुख्य अर्थहरु रहेका छन्, पहिलो अर्थ ‘६ वटा लक्ष्यहरु’ छन् र अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसँग आफू आबद्ध हुनु हो । जसले बजाज बाइक चढ्छ वा किन्छ त्यसले निकै गौरबको महसुश गर्दछ र यो उत्सव भनेको बजाज बाइक खरिद गर्ने उत्सव हो ।’ यो योजनाको अवधिभर खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । तर ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म जित्ने लोभमा ग्राहकले ७६ हजारसम्म बढी रकम पहिलानै उक्त कम्पनीमा बुझाइसकेका हुन्छन् । कम्पनीले पहिला नै जनताको पैसा धुत्ने र उपहारको नाटक गरेर धुतेको पैसाबाट केहि रकम बाँडेर जनताको आँखामा छारो हाल्ने प्रयास गरेको छ ।
बजाज ब्रान्डका मोटरसाईकल बेच्ने गोल्छा ग्रुपकै कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालिले कालोबजारी गरेर जनता लुटीरहेको छ । कालोबजारी ऐन अनुसार कुनै पनि सामान बेच्दा २०% भन्दा बढी नाफा राख्न नपाउने भन्ने स्पष्ट नियम भएपनि गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिरहेको छ । जुन सरासर गैरकानुनी हो ।
गोल्छा ग्रुपले यतिसम्म लुट मच्चाईरहेको छ कि डिस्कभर १२५ ड्रम बाइकमा कम्पनीले ४१ प्रतिसत नाफा कुम्ल्याईरहेको छ । कम्पनीले १ लाख २२ हजार पाँच सय १० मा सबै कर र राजस्वसमत तिरेर ल्याएको बाइक एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । जुन तथ्य पनि सरासर कालोबजारी हो । २०% भन्दा बढी नाफा खान नपाइने भएपनि कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा खाएर नेपालीहरुलाई ठगी गरिरहेको छ । त्यतिमात्र कहाँ हो र ? कम्पनीले बिक्रि गर्ने अधिकांस समानमा जनता ठगिने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: