×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्तको ८औँ साधारणसभा सम्पन्न, सञ्चालक पदमा २ जना निर्वाचित

अर्थ सरोकार

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार

PRIME CA

महिला सहयात्रा लघुवित्तको ८औँ साधारणसभा सम्पन्न, सञ्चालक पदमा २ जना निर्वाचित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । यससँगै संस्थाका लगानीकर्ताले आर्थिक वर्ष २०७६/०७७ को नाफा र संचित मुनाफाबाट सो मात्राको बोनस पाउने भएका छन् ।
सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व. २०७७/०७८ का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । 
सभाले रिक्त रहेको सञ्चालक पदमा २ जनालाई निर्वाचित गरेको छ । यससँगै सर्वसाधारण सेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखा मार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: