×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमै उठ्यो यस्तो आवाज, ‘सिंहदरवारभित्र किन भारतीय लगानीका बैंक मात्र छन् ?’ (भिडियोसहित)

PRIME CA

संसदमै उठ्यो यस्तो आवाज, ‘सिंहदरवारभित्र किन भारतीय लगानीका बैंक मात्र छन् ?’ (भिडियोसहित)

२० श्रावण २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिंहदरवारभित्र भारतीय लगानी भएका बैंकमात्र किन छन् भन्ने कुरा संसदमै उठेको छ । संसदको बैठकमा सांसद प्रेम सुवलले यस्तो प्रश्न गरेका हुन् । विशेष समय लिंदै उनले सिंहदरवारभित्र पहिला र अहिलेको बैंकिङ कारोबारको भिन्नता बारेमा समेत बोलेका छन् । भिडियोमा हेर्नुहोस् उनको आवाज :
    
अहिले सिंहदरवारभित्र एभेरेष्ट बैंक र नेपाल एसबीआइ बैंकले आफ्नो सेवा दिइरहेका छन् । यो विषय पटक पटक अर्थ समितिमा समेत पुगेको भएपनि यसको खास सम्बोधन हुन सकेको छैन । भारतीय दुतावासको खास पहलमा यस्तो काम भएको केहि सांसदहरुले नै आरोप लगाउने गरेका छन् भने नेपाल सरकारले समेत यसबारेमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: