×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिकममा ३१ अर्बले उत्पात मच्चायो !

LAXMI SUNRISE BANK
GLOBAL

टेलिकममा ३१ अर्बले उत्पात मच्चायो !

२६ असार २०७४, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं -प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको भ्रष्टाचारी प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएकोले अब नेपाल टेलिकम धराशायी हुने निश्चित भएको समाचार छ । प्राप्त समाचार अनुसार गत नौ महिनामा इन्टरनेशनल कलमा मात्रै टेलिकमलाई पाँच अर्ब घाटा भएको छ ।
तर राजभण्डारीलाई टेलिकमको घाटा नाफासँग कुनै सरोकार छैन, उनी छोटो समयमै आफूलाई बढीभन्दा बढी कमिशन आउने प्रोजेक्टहरुमा केन्द्रित भएको कर्मचारी स्रोतले बताएको छ । स्रोतका अनुसार, राजभण्डारीले फोरजी सेवा सञ्चालनका लागि फेरि ३१ अर्ब रुपैयाँको बजेट पारित गराउने दाउ गरिरहेकी छन् ।
जबकि यसै स्तरको सेवा सञ्चालन गर्न एनसेलले पाँच अर्ब रुपैयाँ मात्र खर्च गरिरहेको छ । हुवावे र जेडटीईको पहिलेकै संरचनामा पाँच अर्ब खर्च गरेर सफ्टवेयर मात्रै परिवर्तन गरेर उक्त सेवा सञ्चालन गर्न सकिने टेलिकमकै प्राविधिकहरुले बताएका छन् । उसो भए ३१ अर्बको बजेट पारित गराउने तयारी केका लागि हो ?
ती कर्मचारीले प्रश्न गर्छन् र आरोप लगाउँदछन्, यो सबै कमिशन र भ्रष्टाचारको खेल हो । सञ्चालक समितिको आँखामा छारो हालेर यो बजेट पारित गराइयो भने निश्चित रुपमा टेलिकम डुब्छ भन्ने उनीहरुको भनाइ छ । टेलिकमले बजार खस्किँदै गएको अवस्थामा ३१ अर्ब कहिलेसम्म उठाउन सक्छ ?
यसरी पाँच अर्ब र्ख गरेर फोरजी सेवा सञ्चालन गरेको एनसेलसँग टेलिकमले प्रतिस्पर्धा गर्न सक्ने कल्पना पनि गर्न सकिँदैन । ती कर्मचारीहरुका अनुसार, वास्तवमा यो टेलिकमलाई टाट पल्टाउने राजभण्डारी र ठाकुरको अन्तिम दाउ हो र यसको निम्ति राजभण्डारी र ठाकुरले एनसेलबाट पनि ठूलो रकम उपहार पाउने गरेका छन् ।
ती कर्मचारीका अनुसार, अर्तमन्त्रालयका तत्कालीन सहसचिव बैकुण्ठ अर्याल र कृष्ण ज्ञवालीले प्रस्तुत गरेको प्रतिवेदनमा कुनै पनि टेलिकमको परियोजनामा पुनसंरचना लागू गर्दा कम्तीमा पाँच जना सिनियर डीएमडी केन्द्रीय कार्यालयमा हुनैपर्ने सुझाव दिइएको छ तर अहिले राजभण्डारीले सबै सिनियर डीएमडीलाई केन्द्रीय कार्यालय बाहिर सरुवा गरेको अवस्था छ ।
आफ्ना अनियमित कार्यमा कुनै बाधाअवरोध उनीहरुले खडा गर्न नसकून् भनेर टेलिकमको इतिहासमै नभएको किसिमबाट राजभण्डारीले केन्द्रबाहिर डीएमडीहरुको सरुवा गरिन् । जथाभावी सरुवाका कारण सिनियर डीएमडी र राजभण्डारी बीच करिब करिब शत्रुताको वातावरण छ ।
टेलिकमजस्तो अत्यन्त महत्वपूर्ण र देश विदेशसम्म कार्य क्षेत्र रहेको कम्पनीलाई यसरी एकलौटी निर्णयबाट चलाउन खोज्नु र आफ्ना विज्ञ सहकर्मीहरुलाई पाखा लगाएर राख्नु राजभण्डारीको असक्षमता र अकर्मण्यता तथा तानाशाहीमात्र भएको टेलिकम कर्मचारीहरुको भनाइ छ ।
राजभण्डारीको यस अदूरदर्शिता र निहीत स्वार्थका कारण नेपाल टेलिकम दिनप्रतिदिन ओरालो लाग्दै गइरहेको उनीहरु बताउँछन् । यस अवस्थामा उनले फोरजी सञ्चालनका नाममा ३१ अर्बको बजेट पारित गराउन खोज्न अत्यन्त संवेदनशील र अनुसन्धान गर्नुपर्ने विषय हो ।
यसतर्फ सञ्चालक समिति पूर्ण सचेत हुनुपर्ने ती कर्मचारीको भनाइ छ । यिनै मनसायलाई पूरा गर्न राजभण्डारीले सञ्चालक समितिका पदेन अध्यक्षसमेत रहेका सञ्चालर मन्त्रालयका सचिव लगायत सञ्चालक समितिका सदस्यहरुलाई चीन भ्रमण गराएको हुन सक्ने टेलिकम स्रोतले बताएको छ ।
चीन भ्रमणमा जाने टोलीमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, कामिनी राजभण्डारी, कामिनी राजमण्डारीका श्रीमान दिगम्बर राजभण्डारी, उनका कान्छा छोरा, टेलिकमका रीना डंगोल, शिवराम टुईटुई, राधाकृष्ण ढुंगेल, अनन्त मल्लिक, निरज राजवंशीलगयात रहेका थिए, खबर छलफल साप्ताहिकमा उल्लेख छ।
यसअघि पनि सप्लायरको खर्चमा आफ्ना श्रीमानसहित राजभण्डारी बार्सिलोना लगायत युरोपेली मुलुकको भ्रमणमा गएकी थिईन् भने उनले टेलिकमको बजेटबाट समेत खर्च लिएर दोहोरो सुविधा लिएको टेलिकम कर्मचारीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी